सिटीको शानदार जित

सिटीको घरेलु मैदानमा समूह एको खेलमा उसले बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

सिटीको शानदार जित

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । गएराति सिटीले क्लब ब्रुगिसमाथि शानदार जित निकालेको हो।

सिटीको घरेलु मैदानमा समूह एको खेलमा उसले बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। सिटीका लागि फिल फोडेन, रियाद महरेज, रहिम स्टर्लिङ र ग्याब्रियल जिससले गोल गरे ।

ब्रुगिसले सिटीका डिफेन्डर जोन स्टोनबाट एक आत्मघाति गोल उपहार पायो। जितसँगै सिटीलाई नकआउट चरण पुग्न मात्र एक अंक आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved