रोहित शर्माको उत्कृष्ट प्रदर्शन, अफगानिस्तानलाई भारतको २ सय ११ रनको लक्ष्य

नेपालभ्युज

रोहित शर्माको उत्कृष्ट प्रदर्शन, अफगानिस्तानलाई भारतको २ सय ११ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तानसामु भातरले २ सय ११ रनको टार्गेट दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको भारतले दुई विकेटको क्षतिमा २ सय १० रन बनाएको हो।

दुई खेलमा पराजय भोगेको भारत यो खेल जित्नैपर्ने दबाबमा छ।

भारतका लागि ओपनर केएल राहुल र रोहित शर्माले अर्धशतक पूरा गरे। करिम जनतको बलमा मोहम्मद नाबीको हातबाट क्याच आउट हुनुअघि रोहितले ४७ बलमा ७४ रन बनाए। यस क्रममा उनले ८ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै राहुलले ४८ बलमा ६९ रन बनाए। गुलाबदिन नाबीले उनको विकेट झारेका थिए। त्यस्तै १३/१३ बलको सामना गरेका ऋषव पन्त र हार्दिक पाण्ड्याले क्रमशः २७ र ३५  रन बनाए।

सेमिफाइनलमा पुग्न भारतले आजको खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्ने छ। भारतले यसअघि पाकिस्तानसँग १० विकेट तथा न्यूजिल्याण्डसँग ८ विकेटले खेल गुमाइसकेको छ।

अफगानिस्तानले भने सुपर १२ मा स्कटल्याण्डलाई १ सय ३० रनले हराएको थियो भने पाकिस्तानसँग ५ विकेटले हारेको थियो। नामिबियालाई ६२ रनले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved