रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको संख्या अत्यधिक धेरै देखिएको छ। सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरूले जानकारी दिएका छन्।
त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन्। तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो।
रूसमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ। यो सङ्ख्या पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो।
रुसमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ। नयाँ थपिएका संक्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन्।
Facebook Comment
Comment