राजेश हमालको स्वर रहेको पहिलो गीत सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

राजेश हमालको स्वर रहेको पहिलो गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं। अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो। दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ।

कार्यक्रममा अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए। उनले आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्ने गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे।

हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन्। यो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद पनि दियन्।

भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडी जमेको देख्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved