‘विचरा! भीम रावल’ भन्दै महेश बस्नेतको क्षेत्रबाट गगनको गर्जनः एमालेलाई बढार्छौँ

थापाले कुचो लगाएर बढार्नेक्रममा कहीँ कतै एमाले बाँकी बसेको भेटिए फेरि भ्याकुम लगाएर तानेर निकाल्ने बताए। उनले १० बुँदे सहमति गरेर एमालेमा रहेका नेतामाथि पनि व्यंग्य गरे।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थालाले आगामी चुनावमा नेकपा एमालेलाई बढार्ने बताएका छन्।

भक्तपुरको गुण्डुमा कांग्रेसको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी चुनावमा एमालेलाई कुचो लगाएरै बढार्ने बताए। उनले आगामी चुनावी नतिजा कांग्रेसको हातमा हुने बताए।

थापाले एमालेका युवा नेता तथा युथफोर्सका संस्थापक महेश बस्नेतको निर्वाचन क्षेत्रमा पुगेर एमाले बढार्ने उद्घोष गरेका हुन्।

थापाले कुचो लगाएर बढार्नेक्रममा कहीँ कतै एमाले बाँकी बसेको भेटिए फेरि भ्याकुम लगाएर तानेर निकाल्ने बताए। उनले १० बुँदे सहमति गरेर एमालेमा रहेका नेतामाथि पनि व्यंग्य गरे।

थापाले एमाले उपाध्यक्ष भीम रावलप्रति कटाक्ष गर्दै उनी एमालेमा विचरा भएको बताए। ‘बा’ भन्नेहरुको पार्टीमा रावलहरु पाखा लाग्ने भन्दै थापाले भने, ‘विचरा! भीम रावल।’

थापाले रावल र घनश्याम भूषालहरुमाथि आफूलाई दया लागेको बताए। अब एमालेमा ‘बा’ प्रवृत्तिसँग लड्ले दुई जना रावल र भूषाल रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved