१२ प्रतिशतले बढ्यो हवाई भाडा

नेपालभ्युज

१२ प्रतिशतले बढ्यो हवाई भाडा
फाइल तस्वीर

काठमाडौं। आन्तरिक उडानमा रहेका वायुसेवाले मङ्गलवारदेखि लागू हुने गरी झन्डै १२ प्रतिशतले हवाई भाडामा फ्युल सरचार्ज वृद्धि गरेका छन्। आयल निगमले शुक्रबार रातीदेखी इन्धनको मूल्य बढाएपछि हवाई भाडा बढेको हो। ८६ रुपैयाँ प्रति लिटर पर्ने एयर टर्बाइन फ्युल (हवाई इन्धन) मा १० रुपैयाँ वृद्धि गर्दै ९६ रुपैयाँ पुर्‍याएकाले आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज झन्डै १२ प्रतिशतले वृद्धि भएको हो।

नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य अनुसारको समायोजन सूत्रका आधारमा वायुसेवा कम्पनीकालागि नयाँ फ्युल सर चार्ज अनुमोदन गरेको हो । आन्तरिक उडानको हवाई टिकटमा एयर फेयर (भाडा), फ्युल सर चार्ज र एयरपोर्ट ट्याक्स गरी तीन शीर्षकमा यात्रुले रकम तिर्छन्। आन्तरिक रुटमा कम्तीमा ६० रुपैयाँदेखि बढीमा ४ सय ४० रूपैयासम्म फ्युल सरचार्ज वृद्धि भएको छ। सबैभन्दा धेरै फ्युल सरचार्ज वृद्धि हुनेमा काठमाडौं–धनगढी ४ सय ४० रुपैयाँ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved