प्रधानन्यायाधीशले राखे‍का शर्तप्रति न्यायाधीशहरूको असहमति

नेपालभ्युज

प्रधानन्यायाधीशले राखे‍का शर्तप्रति न्यायाधीशहरूको असहमति

काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले राखेका तीन शर्तमाथि न्यायाधीशहरले असहमति जनाएका छन्। प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले प्रधानन्यायाधीशको शर्त मान्न नसकिने एक न्यायाधीशले बताए।

एक हप्तादेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरू आज पनि बैठकमा सहभागी भएका थिए। १४ कात्तिकमा प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले राखेको ‘सम्मानजनक बहिर्गमनको’ प्रस्तावबारे न्यायाधीशहरूबीच छलफल चलिरहेको थियो। जबराले राखेका तीन ओटा शर्त यस्तो छ –

  • वैशाखसम्म मैले चलाउन पाउनुपर्छ।
  • प्रशासनिक काम म गर्छु, अटोमेसनमा जान तयार छु।
  • लिखित रूपमा कुनै पनि सहमति गर्दिनँ।

यद्पि  आन्दोलन न्यायाधीशहरू इजलासमा‍ फर्किएका छन्। सर्वोच्च अदालतका १७ जना न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा जुटेका थिए। उक्त छलफलपछि न्यायाधीहरू इजलाशमा बस्न राजी भएका हुन्।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका थिए। ६ वटै इजलासमा एकएक वटा बन्दीप्रत्यक्षीकरणको मुद्दा राखिएको छ। ६ मध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको दुई ओटा एकल इजलास छ भने चार वटा संयुक्त इजलास तोकिएको छ।

न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्द मोहन भट्टराई , टंकप्रसाद मोक्तान, अनिलकुमार सिन्हा, कुमार चुडाल,सपना प्रधान मल्ल र मनोजकुमार शर्माको चार वटा संयुक्त इजलास तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved