सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालभ्युज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको सूचीअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ। उक्त सुन हिजो आइतबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved