न्यायाधीश बिदामा बसेपछि ललिता निवास प्रकरणमा आज फैसला नहुने

नेपालभ्युज

न्यायाधीश बिदामा बसेपछि ललिता निवास प्रकरणमा आज फैसला नहुने

काठमाडौं। बहुचर्चित बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आज (सोमबार) फैसला नहुने भएको छ।

अन्तिम सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास तोकिएकोमा न्यायाधीश सुवेदी बिदामा बसेपछि फैसला नहुने भएको हो। सुवेदी आफ्नो बुवाको उपचारका लागि बिदा लिएर भारत पुगेका छन्।

गत असोज १८ मा बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसलाका लागि आजको मितिमा पेशी तोकिएको थियो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर २९ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघमा बालुवाटारस्थित ललितानिवास क्याम्पको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेलेको भन्दै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवानसहित कैद सजाय र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाइ कुल १७५ जनाविरुद्ध मुद्दा चलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved