सुनसरी पुगेर मन्त्री कार्कीले भने, ‘देउवा सरकार जनताको साथमा छ’

नेपालभ्युज

सुनसरी पुगेर मन्त्री कार्कीले भने, ‘देउवा सरकार जनताको साथमा छ’
फाइल तस्वीर

सुनसरी। सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन्।

आज सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताए।

अहिलेको सरकार जनताको सुखदुःखको साथमा रहेको उनले बताए। आउने चैतमा स्थानीय तहको निर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले सबै मिलेर नेपाली कांग्रेस बलियो बनाउन लागिपर्न उनले जोड दिए।

फरक प्रसंगमा मन्त्री कार्कीले तय गरेको मितिमै पार्टीका १४औँ अधिवेशन सम्पन्न हुने बताए। पार्टीको अधिवेशनलाई सफल बनाउन आग्रह गर्दै उनले बाँकी रहेको पार्टीको विभिन्न तहको अधिवेशनमा सर्वसम्तरुपमा पदाधिकारी चयन गर्ने वातारण बनाउनुपर्ने बताए।

स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनसमेत नजिकिँदै गएका कारण पार्टीलाई बलियो र एकढिक्का बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

आउने निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेता कार्कीले सबै स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved