संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

नेपाल भ्यूज

संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ
सांकेतिक तस्वीर

संखुवासभा। खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। विशेष सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।

आज (आइतबार) दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पीबीओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट ८०० किलोग्राम उक्त औषधिसमेत बरामद गरेको उनले बताए। चिनियाँ नागरिकबाट बरामद भएको औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved