राष्ट्रिय टेनिस प्रतियोगितामा राजवीर मानन्धरलाई उपाधि

नेपालभ्युज

राष्ट्रिय टेनिस प्रतियोगितामा राजवीर मानन्धरलाई उपाधि

काठमाडौँ। राजवीर मानन्धर, गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाइज यु – १४ तर्फको उपाधि उचाल्न सफल भएका छन्। आइतबार भएको सेमिफाइनलमा मानन्धरले आयुष्मान् हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाए।

गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज यु –१२ तर्फ दर्शिल श्रेष्ठले उपाधि उचाले। उनले बोरिस् अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन्।

यस्तै सोही उमेर समूहको छात्रातर्फ समृद्धि महर्जनले जित हात पारिन्। महर्जनले फाइनलमा शिभाली गुरुङलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसाथ गरेकी हुन्।
छात्र यु– १० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट् हाडाले बाजी मारे। उनले फाइनलमा स्पन्दन उदासलाई ७–६, ६–३, ११–९ को कठिन जितका साथ उपाधि चुमे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved