न्यायाधीशलाई प्रधानन्यायाधीशको सन्देश – सम्मानजनक बहिर्गमन चाहन्छु

नेपालभ्युज

न्यायाधीशलाई प्रधानन्यायाधीशको सन्देश – सम्मानजनक बहिर्गमन चाहन्छु

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिने संकेत गरेका छन्। ८ कात्तिकदेखि अघोषित रुपमा इजलास बहिस्कार गरिरहेका सर्वोच्चका न्यायाधीशहरूलाई सन्देश पठाउँदै प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको बताएका हुन्।

आइतबार दिउँसो ‘बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने कि/नहेर्ने’ भन्ने विषयमा न्यायाधीशहरूको छलफल भइरहेको बेला प्रधानन्यायाधीश जबराले न्यायाधीश मनोज कुमार शर्मालाई उक्त सन्देश पठाएका थिए।

त्यसपछि बैठकको छलफल नै मोडिएकोमा न्यायाधीशहरूले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई अनौपचारिक छलफलका लागि प्रधानन्यायाधीशको चेम्बरमा पठाएका थिए। ”बैठककै क्रममा प्रधानन्यायाधीशको सन्देश आएपछि कुरा अन्तै मोडियो,” एक न्यायाधीशले भने, ”प्रधानन्यायाधीशको जवाफ कस्तो आउँछ त्यस अनुसार अघि बढ्छौं।”

प्रधानन्यायाधीशको सन्देशले नयाँ मोड लिएपछि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने/नहेर्ने विषयमा भने आजको बैठकले कुनै निर्णय गरेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved