चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूलाई रिहाइको गृहकार्य हुँदै : मन्त्री खाँड

नेपालभ्युज

चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूलाई रिहाइको गृहकार्य हुँदै : मन्त्री खाँड
फाइल तस्वीर

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँडले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।

गृहमन्त्री समेत रहेका खाँडले मुद्दा लागेका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुङ्ग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको बताए।

खाँडले एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको पाइएको भन्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारी समेत दिए।

यस्तै खाँडले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकारले राजनीतिक दलहरूसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved