बहुदलपछि सबै विकृति फैलाउने दल कांग्रेस : उपेन्द्र यादव

नेपालभ्युज

बहुदलपछि सबै विकृति फैलाउने दल कांग्रेस : उपेन्द्र यादव
फाइल तस्वीर

काठमाडौं। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारको आलोचना गरेका छन्।

शनिबार जसपा निकट गैर-भौगोलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाए। कांग्रेससँग विकृति बाहेक केही नभएको बताउँदै उनले सहकार्य गर्न निकै कठिन भएको बताए ।

उनले सरकार गठन भएको तीन महीनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै तीन महीनाभित्र कांग्रेसले थाहै नदिइ आफू निकट व्यक्ति मात्र भर्ति गरेको आरोप लगाए। आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने उनको भनाइ थियो।

उनले अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सांस्कृतिक एवं सामाजिक परिवर्तन जरुरी रहेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved