हत्याको आरोपमा किशोर पक्राउ

नेपालभ्युज

हत्याको आरोपमा किशोर पक्राउ

कैलाली। कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका-८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो।

सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए। घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved