२७ दिनपछि जेलबाट छुट्दै शाहरुखपुत्र आर्यन

अधिवक्ता सतीश मानसिन्दे आफैं अदालतबाट जमानतको कागजपत्र लिएर आर्थर रोड जेल गएका थिए। त्यसअघि अभिनेत्री जुही चावलाले अदालत पुगेर आर्यनको जमानतमा हस्ताक्षर गरेकी थिइन्।

नेपालभ्युज

२७ दिनपछि जेलबाट छुट्दै शाहरुखपुत्र आर्यन

एजेन्सी। लागुऔषध मुद्दामा थुनामा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान २७ दिनपछि जेलमुक्त हुने भएका छन्। आज शनिबार आर्यनले जमानत पाउने भएका हुन्।

आर्यनको धरौटीका कागजपत्र जेलभित्र पुगिसकेको रकेही बेरमा उनी रिहा हुँदै गरेका भारतीय सञ्चारमाध्यमले लेखेका छन्। अबको केही घण्टामा आर्यन जेलबाहिर हुने भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ।

छोरालाई लिन शाहरुख खान आफैं आर्थर रोडस्थि आर्यन रहेको जेल पुग्ने बताइएको छ। आर्यनको जमानत आदेश शुक्रबार साँझ नै जेलको जमानत बाकसमा पुगेको थियो।

अधिवक्ता सतीश मानसिन्दे आफैं अदालतबाट जमानतको कागजपत्र लिएर आर्थर रोड जेल गएका थिए। त्यसअघि अभिनेत्री जुही चावलाले अदालत पुगेर आर्यनको जमानतमा हस्ताक्षर गरेकी थिइन्।

रिहाइको पर्खाइमा रहेका आर्यन दिउँसोदेखि नै सामान लिएर जेलरको कार्यालयमा बसेका थिए। तर साँझ ६ बजेसम्म पनि रिहाको घोषणा नहुँदा निराश हुँदै ब्यारेक फर्किएका थिए।

छोरा आर्यन शुक्रबार जेलबाट बाहिर आउने अपेक्षा गरिएकोले उनको घर ‘मन्नत’ भित्र र बाहिर उत्सवको माहोल थियो। दिनभरि घरबाहिर फ्यानहरूले घेरेका थिए।

घरभित्र सजावट गरिएको थियो। आज पनि बिहानैदेखि त्यहाँ समर्थकहरूको भीड लागेको छ। यसैलाई ध्यानमा राख्दै मुम्बई पुलिसको टोली तैनाथ गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved