आइतबार काठमाडौंमा विश्व शहर दिवस मनाइने

नेपालभ्युज

आइतबार काठमाडौंमा विश्व शहर दिवस मनाइने

काठमाडौं। ‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नाराका साथ नेपालमा विश्व शहर दिवस मनाइने भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्तिक १४ गते आइतबार अन्तक्रियाका साथै बिज्ञहरूको उपस्थितिमा विश्व शहर दिवस मनाइने जानकारी दिएको हो । शहरी विकास मन्त्रालयको अग्रसरतामा सन् २०१९ देखि नेपालमा शहर दिवस मनाउन थालिएको हो । पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका प्रवक्ता एवं दिवस मुल तयारी समितिका संयोजक विष्णु प्रसाद शर्माले दिगो विकास लक्ष्यले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएकाले प्रभावकारी रुपमा दिवस मनाइने बताए ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नवराज प्याकुरेलले बिनाशकारी भूकम्पपछि बस्ती विकास र भवन निर्माणसम्बन्धी मापदण्ड तयार गरेको र मापदण्ड अनुसार स्थानीय तहले आफ्नो अनुकूलको मापदण्ड बनाउन सकिने बताए । स्थानीय तहले मापदण्ड अनुसार केही फरक काम गरेको भन्दै यस बिषयमा छलफल गरिने जानकारी दिए ।

विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved