आइतबारदेखि प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर विरोध गर्ने बारको निर्णय

प्रधानन्यायाधीश बाहेकको इजलास बस्न आग्रह

नेपालभ्युज

आइतबारदेखि प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर विरोध गर्ने बारको निर्णय

काठमाडौं। नेपाल बार एशोसिएसनले आइतबारदेखि कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको विरोध गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकमा बारले कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले बताए। उनका अनुसार कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अगाडि वकिलहरूले सर्वोच्च अदालत अगाडि कालोपट्टी बाँधेर प्रदर्शन गर्नेछन्। १६ गते धर्ना दिने र प्रधानन्यायाधीशलाई आफ्नो इजलासबाट कुनै फैसला, निर्णय र आदेश नदिन बारले आग्रह गर्नेछ। यति गर्दा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारले गरेको छ।

बारले न्यापालिकामा भएको समस्या र आफ्नो निर्णय ९० ओटै एकाइमा परिपत्र पठाउने भएको छ।

बारले न्यायाधीशहरूलाई प्रधानन्यायाधीश बाहेकको इजलास बस्न आग्रह गरेको जानकारी उनले दिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved