घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपालमा आज शुक्रबार सुनको मूल्य घटेको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला प्रतितोला ४०० रुपैयाँले घटेको छ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ। हिजो बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेकामा बिहीबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएकोे थियो।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कारोबार भइरहेको छ।

छापावाल सुन यो साताको मंगलबार अधिकतम ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved