खाँडलाई कार्यवाहक दिएर बेलायत उडे प्रधानमन्त्री देउवा

बेलायतको ग्लास्गोमा १२ देखि २६ कात्तिकसम्म चल्ले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्। उनले सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्नेछन्।

नेपालभ्युज

खाँडलाई कार्यवाहक दिएर बेलायत उडे प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६)मा भाग लिन देउवा बेलायत उडेका हुन्।

देउवाले आफू विदेश भ्रमणमा रहुन्जेल कार्यकारी भूमिका गृहमन्त्री बालकृष्ण खाँडलाई सुम्पेका छन्। प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री खाँणले सम्हाल्ने भएका हुन्।

देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको हजाजमार्फत बेलायत उडेका हुन्। सर्वोच्च अदालतको आदेशपछि पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाले आफ्नो विदेश भ्रमण बेलायतबाट थालेका हुन्।

बेलायतको ग्लास्गोमा १२ देखि २६ कात्तिकसम्म चल्ले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्। उनले सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्नेछन्।

देउवासँग वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्यीय टोली बेलायत उडेको छ। उक्त टोली १८ कात्तिकमा स्वदेश फर्किने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved