भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतका लागि आचार्य राजदूत बन्दै

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नेपाल भ्यूज

भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतका लागि आचार्य राजदूत बन्दै

काठमाडौं। सरकारले विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

बैठकले बैमोसमी वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका मध्यम वर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ बिघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको कार्कीले बताए।

धानको न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए।

बैठकले महालेखा परिक्षकको कार्यालयमा रिक्त महालेखा परीक्षक राजपत्रांकित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणका लागि स्वीकृति दिने र सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए।

बैठकले सुनकोशी मरिन डाइभर्सनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

*शीर्षक सच्याइएकाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved