स्थायी समितिको निर्णय पारित गर्न एमाले केन्द्रीय समितिको बैठक बस्दै

एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ।

नेपालभ्युज

स्थायी समितिको निर्णय पारित गर्न एमाले केन्द्रीय समितिको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय समिति बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बसन लागेको हो।

यसअघि, एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ।

बिहीबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले विभिन्न क्षेत्रबाट समावेशिताका आधारमा प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो।

बैठकले भूगोलबाट भने १ हजार १९६ जना प्रतिनिधि चयन गर्ने र जसमा हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला सहभागी गराउने निर्णय गरेको छ।

हाल एमाले सदस्य ७ लाख २१ हजार छन्। त्यस्तै, ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

स्थायी कमिटीको प्रस्ताव शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने ज्ञवालीले बताए। उनले चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र हुने र सौराहमा बन्द सत्र गर्ने तयारी भएको बताए।

ज्ञवालीले प्रतिनिधिको मापदण्ड विधानअनुसार नै हुने उल्लेख गरे। फरक प्रसंगमा प्रवक्ता ज्ञवालीले न्यालयमा चरम अराजकता सिर्जना भएको धारणा राखे। न्यायालयभित्रको विवादका कारण संविधानको उल्लंघन गरेर नागरिकको संविधान प्रदत्त अधिकार हनन् भएको बताए।

त्यस्तै, ज्ञवालीले सुधारका लागि तयार गरेको प्रतिवेदनको कार्यान्वलयन भए न्यायलयमा सुधार आउने बताए। उनले संवैधानिक विधिभन्दा बाहिरबाट गरिने गतिविधिमा एमाले संलग्न हुन नसक्ने स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved