ताजकस्तानसँग पराजित भएर बाहिरियो नेपाल

नेपालमाथिको जितसँगै समूह ’बी’ मा ताजिकिस्तानले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। उसले पहिलो खेलमा लेबनानलाई हराएको थियो ।

नेपालभ्युज

ताजकस्तानसँग पराजित भएर बाहिरियो नेपाल

काठमाडौं। नेपाली यू-२३ फुटबल टोली ताजकस्तानसँग ६-० गोल अन्तरले पराजित भएको छ। एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल ताजकस्तासँग पराजित भएको हो।

गएराति घरेलु टोलीसँग ६-० को हार व्यहोरेसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको हो। ताजिकिस्तानसँग पराजित भएको नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ।

नेपालमाथिको जितसँगै समूह ’बी’ मा ताजिकिस्तानले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। उसले पहिलो खेलमा लेबनानलाई हराएको थियो।

लगातार दुई देल हारेको नेपाल भने अंकविहीन हुँदै पुछारमा रहेको छ। नेपाल पहिलो खेलमा एशियाकै बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved