संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

नेपालभ्युज

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
फाइल तस्वीर

काठमाडौँ।  मन्त्रिपरिषद् बैठकले चालू संसद अधिवेशन अन्त्य गने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य हुन लागेको हो।

२३ भदौदेखि शूरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा १३ वटा बैठक बसेको छ। सबै बैठक नेकपा एमालेले अवरोध गरेको थियो।  प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रभावकारी रुपमा चलेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved