दुई दिनमै बन्द भयो सवारी लाइसेन्स आवेदन

नेपालभ्युज

दुई दिनमै बन्द भयो सवारी लाइसेन्स आवेदन

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको दुई दिनमै बन्द भएको छ। मंगलबार रातिदेखि खुलेको अनलाइन आवेदन प्राविधिक समस्याका कारण तत्कालका लागि बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए।

‘‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,” जारी विज्ञप्तिमा भनिएको छ।

प्राविधिक समस्या समाधानका लागि प्रणाली मर्मत शुरु गरिएको प्रवक्ता भुसालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved