संसदमा एमालेको अवरोध, दलित आयोगको वार्षिक प्रतिवेदन पेश

नेपालभ्युज

संसदमा एमालेको अवरोध, दलित आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । संघीय संसदको आजको बैठक तीन वटा कार्यसूची पारित गरेको छ।

आज बसेको संसदको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे।

प्रमुख प्रतिपक्षी एमालले सधैंझैं आज पनि संसद् बैठक अवरोध गर्‍यो। एमालेको अवरोधबीच संसद् बैठक चलेको थियो। एमाले गत भदैयता हरेक पटकको संसद् बैठकमा अवरोध गर्दै आएको छ।

बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved