एमाले स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा

बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफिल तथा निर्णय हुने बताइएको छ।

नेपालभ्युज

एमाले स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।

ललितपुरको च्यासलस्थित तुलसीराम स्मृति प्रतिष्ठान भवनमा बैठक बस्दैछ। उक्त बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफिल तथा निर्णय हुने बताइएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटी अधिवेशनको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिका बनाउने विषयमा छलफल हुने छ।

एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ। एमालेको दशौँ महाधिवेशन यही १० देखि १३ मंसिरसम्म चितवनमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved