घरेलु मैदानमै हार्‍यो युभेन्ट्स

गएराति युभेन्ट्स घरेलु मैदानमा सासोउलोसँग २-१ गोल अन्तरले पराजित भयो।

नेपालभ्युज

घरेलु मैदानमै हार्‍यो युभेन्ट्स

काठमाडौं। इटालियन क्लब युभेन्ट्स घरेलु मैदानमै पराजित भएको छ। सिरी ए फुटबलमा युभेन्ट्स घरमै पराजित भएको हो।

गएराति युभेन्ट्स घरेलु मैदानमा सासोउलोसँग २-१ गोल अन्तरले पराजित भयो।

शुरुवाती अग्रता लिने क्रममा पाहुना टोली सासोउलोका लागि खेलको ४४ औँ मिनेटमा डाभिड फ्राटेस्सीले गोल गरेका थिए।

दोस्रो हाफमा घरेलु टोलीले खेलमा फर्कने प्रयास गरेको थियो। युभेन्ट्सका लागि खेलको ७६ औँ मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै खेलमा फर्काए।

तर, पाहुना टोलीका लागि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गरे। त्यस गोलसँगै सासोउलोले युभेन्ट्समाथि उसकै घरमा २-१ गोल अन्तरको जित निकाल्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved