के बिटक्वाइनले राष्ट्रिय सुरक्षामा असर पुर्‍याउन सक्छ?

सन् २०१० सम्म आइपुग्दा यसको व्यापार एक क्वाइन बराबर १० सेन्ट अमेरिकी डलरमा हुन थाल्यो। एक सय अमेरिकी डलरले एक हजार बिटक्वाइन खरिद गर्न सकिने अवस्था थियो। कुनै लगानीकर्ताले त्यसबखत सो मात्रामा बिटक्वाइन खरिद गरेको थियो भने त्यसको आजको मूल्य ६२ मिलियन अमेरिकी डलर बराबरको हुन्छ।

नेपालभ्युज

के बिटक्वाइनले राष्ट्रिय सुरक्षामा असर पुर्‍याउन सक्छ?

एजेन्सी । बिटक्वाइन माथि जाँदै छ, बजारका सट्टेबाजका लागि यो एउटा ग्लामर क्षेत्र भएको छ। वालस्ट्रिटका पुरातनवादी सोच राख्ने लगानीकर्ताले पनि आफ्नो ग्राहकलाई बिटक्वाइनमा लगानी गर्न सुझाव दिन थालेका छन्। बिटक्वाइन पहिलो पटक सन् २००९ मा सार्वजनिक गरिएको थियो। त्यस बखतमा यसको मूल्य जिरो अमेरिकन डलर बराबरको थियो।

सन् २०१० सम्म आइपुग्दा यसको व्यापार एक क्वाइन बराबर १० सेन्ट अमेरिकी डलरमा हुन थाल्यो। एक सय अमेरिकी डलरले एक हजार बिटक्वाइन खरिद गर्न सकिने अवस्था थियो। यदी कुनै लगानीकर्ताले त्यसबखत सो मात्रामा बिटक्वाइन खरिद गरेको थियो भने त्यसको आजको मूल्य ६२ मिलियन अमेरिकी डलर बराबरको हुन्छ।

सन्तोषी नाकामोटो, जापानका एक प्रतिभाशाली सफ्टवेयर इन्जिनियरले सन् २००८ मा बल्कचेन अल्गोरिदमको माध्यमबाट बिटक्वाइनमा लगानी गरेका थिए। यो विश्वकै पहिलो विकेन्द्रिकृत डिजिटल पैसा थियो, यो कुनै केन्द्र सरकारको नियन्त्रणमा थिएन भने यसमा बिचौलीया पनि कोही थिएनन्। नाकामोटोले बिटक्वाइनको लगानीबाट राम्रो फाइदा लिइरहेका छन्। उनको हालको सम्पत्ती ३० बिलियन अमेरिकी डलरभन्दा बढीको छ ।

बिटक्वाइन एक अराजक सपना हो। यो केन्द्रीय सरकार र अख्तियार प्राप्त कुनै निकायको नियन्त्रणभन्दा बाहिरको मुद्रा हो। यो ब्रिटन-उड वैश्विक बैंङ्किङ पद्दतिभन्दा बाहिरको प्रणाली हो। यो प्रविधिको प्रयोग गर्दै कुनै पनि समान वा सेवा खरिद गर्न निर्माण गरिएको मुद्रा थियो। हालको दिनमा बिटक्वाइन तीव्र गतिमा अघि बढ्दै छ जसले चलनचल्तीको पैसाकै काम गर्न थालेको छ।

विद्युतीय मुद्राका रुपमा रहेको यसको प्रयोगबाट जुन सुकै स्थानमा जे सुकै समान खरिद गर्न सकिने अवस्था सिर्जना भएको छ। यसको प्रचलन इन्टरनेट मुद्राका रुपमा बढ्दै छ। धेरैले यसलाई सरकार र कुनै पनि निकायको नियन्त्रणबिनाको भविष्यको रंगिन आर्थिक प्रणालीको कारक पनि देख्न थालिसकेका छन्।

अमेरिकाको कार उत्पादक कम्पनी टेल्स्टाले मार्च २०२१ बाट आफ्नो कम्पनीको कार खरिदमा बिटक्वाइनलाई पनि मान्यता दिन थालेको छ। स्विजरल्यान्डको एक परामर्श दाता संस्था बिटहोमले विश्वभरको आफ्नो सम्पत्ति बिक्रिका लागि बिटक्वाइनलाई पनि मान्यता दिने आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। यस सूचीमा अमेरिकामा रहेको उसको सम्पत्ति पनि सूचिकृत छ।

भेनेजुयलाको पिज्जा हटमा बिटक्वाइनका माध्यमबाट पनि पिज्जा खरिद गर्न सकिन्छ। यद्यपि, भेनेजुयलामा सन् २०१० मा जो व्यक्तिले दुईवटा पिज्जा खरिद गर्न १० हजार बिटक्वाइन खर्च गर्दथे, त्यो व्यक्तिसँग आज ३ सय मिलियन बराबरको सम्पत्ति छ। आजका दिनमा यदी कसैलाई मोजा खरिद गर्नु पर्यो भने पनि उसले बिटक्वाइनका माध्यमबाट खरिद गर्न सक्छ।

एक सक्षम, वैश्विक मुद्राका रुपमा बिटक्वाइन दिनानुदिन अघि बढ्दै छ। आज मानिसले बिटक्वाइन सहजै खरिद र बिक्री मात्रै गर्न सक्दैनन् बरु बिटक्वाइन जस्तै अन्य पचासौँ क्रिप्टोकरेन्सी पनि खरिद बिक्री गर्न सक्छन्। यी कुनै पनि विद्युतीय मुद्रा सरकारबाट नियन्त्रित छैनन्।

अनलाइन सपिङ संस्था अमेजनले पनि आफ्नै छुट्टै विद्युतीय मुद्राको विकास गर्ने जनाएको छ। जसका माध्यमबाट ग्राहकले अमेजनमा सामान खरिद गर्न सक्छन्। अमेजनको बजार भाऊ धेरै देशको अर्थतन्त्रभन्दा माथि गइसकेको अवस्थामा उसले यस प्रकारको विद्युतीय मुद्राको विकास गर्न लागेको छ। राज्यको नियन्त्रणभन्दा बाहिर रहेको यस प्रकारका मुद्राका कारण देशको अर्थतन्त्रलाई भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न भने उब्जिन थालेको छ।

ढिलो चाँढो अमेरिका पनि यसको नियन्त्रणमा आउने नै छ। निजी हिसाबमा उत्पादित क्रिप्टोकरेन्सी र बिटक्वाइनले राष्ट्रिय सुरक्षालाई भने असर पार्नेछ। कुनै पनि मौद्रिक नीतिको प्रमुख उद्देश्य भनेको वितरण प्रणालीलाई नियन्त्रणमा राख्दै बजारलाई स्थायित्व प्रदान गर्नु हो। यदी बिटक्वाइन अर्थतन्त्रको प्रमुख साधन बन्दै समान खरिद बिक्री गर्ने मिल्ने माध्यम बन्यो भने अमेरिकी डलरले नराम्रो दिन देख्नुपर्ने हुन्छ।

वर्तमान विश्वमा अमेरिकी डलर विश्वकै एक प्रमुख सञ्चित मुद्रा हो। बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीले यो अवस्थालाई परिर्वतन गर्न सक्छ। अमेरिकाको बढ्दो व्यापार घाटा र खर्बौँ डलरको खर्चका कारण मानिसले अमेरिकी डलरको सट्टमा बिटक्वाइनमा लगानी गर्न थाल्नेछन्। अमेरिकी डलर होस् अथवा युरो वा चिनियाँ युआनको तुलनमा बिटक्वाइन विश्वकै एक सञ्चित मुुद्राका रुपमा अघि बढ्न सक्छ। इरान, उत्तर कोरिया जस्ता देशले आफूमाथि लागेको नाकाबन्दीको प्रभावलाई कम गर्न बिटक्वाइनको प्रयोग गर्न थालिसकेका छन्।

बिटक्वाइनलाई चीनले पनि मान्यता दिँदै गर्दा त्यसले अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीलाई थप असर पुगेको छ। आज विश्वको करीब ६५ प्रतिशत बिटक्वाइनको वितरण चीनबाट हुन्छ। यो अवस्थाले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीलाई अझ सहज अवस्थामा पुर्‍याएको छ।

बिटक्वाइन प्रयाेग गरेर चीनले अप्रत्यक्ष रुपमा स्थितिलाई आफ्नो नियन्त्रणमा लिन सक्छ। बिटक्वाइनलाई आफू अनुकुल प्रयोग गरेर उसले अमेरिकी डलरको विश्व अर्थतन्त्रमा रहेको दबदबालाई कमजाेर बनाउने प्रयास गर्न सक्छ।

वैश्विक मुद्राका रुपमा डलरलाई विस्थापित गर्नु भनेको अमेरिकाका लागि इस्लामिक स्टेट, तालिबानले दिएको चुनौतीभन्दा बढी हुनेछ। यसका माध्यमबाट चीनले दक्षिण चीन सागरलाई आफ्नो इच्छा अनुकुल प्रयोग गर्नसक्ने आंकलन पनि गर्न थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved