फेरि सर्‍यो कांग्रेस महाधिवेशन

नेपालभ्युज

फेरि सर्‍यो कांग्रेस महाधिवेशन

काठमाडौं। एकैसाथ सबै जिल्लामा वडा तहकै अधिवेशन गर्न नसकेपछि कांग्रेसको १४ औँ महाधिवेशन पुन: प्रभावित भएको छ। ९ मंसिरदेखि १३ सम्म काठमाडौंमा गर्ने गरी बनाइएको कांग्रेसको चौथौ कार्यतालिका प्रभावित भएपछि पाँचौँ कार्यतालिकाका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

नयाँ कार्यतालिका अनुसार बुधबार बसेको समितिको बैठकले महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ। रोकिएका वडा अधिवेशन कात्तिक १६ गतेदेखि, प्रदेश अधिवेशन मंसिर १६ र १७ गते कर्ने र महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव बैठकले गरेको छ।

कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन हुन सकेको छैन।

रौतहट, बारा र रसुवाको अहिलेसम्म क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक भएको छैन। सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा वडाअधिवेशन कहिले गर्ने टुंगोसम्म लागेको छैन। पार्टीको निर्वाचन समितिले रसुवा, रौतहट र बाराको कियाशील सदस्यता सूची सार्वजनिक भएपछि मात्रै यी १३ ओटा जिल्लाको कार्यसूची बनाउने जनाएको छ।

कांग्रेसले महाधिवेशन मिति सारेको यो पाँचौं पटक हो। पहिलो पटक २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय कांग्रेसले गरेको थियो। उक्त मितिमा गर्न नसकिने भन्दै ०७८ को भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरियो तर त्यसमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन।

त्यसलाई पुनः १६ भदौ देखि १९ सम्म गर्ने भनियो तर त्यसमा पनि कांग्रेस टिक्न सकेन। क्रियाशील सदस्यता विवाद चर्किएपछि गत साउन ३० मा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति ९ मंसीर ९ देखि १३ सम्म गर्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved