एमालेमा युवाको आकर्षण बढिरहेको छ – पृथ्वीसुब्बा गुरुङ

एमालेमा युवाको आकर्षण बढिरहेको छ – पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताएका छन्।

प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरूको आकर्षण बढ्दै गएको हो।”

सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved