घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ।

नेपाल भ्यूज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा दशैँपछि लगातार बढेको सुनको मूल्य आज घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ।

त्यस्तै, महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको छ। चाँदी मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved