नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप

सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा त्यसमध्येकै पहिलो लट खोप आज आएको खोप शाखाका प्रमुख डा. सागर दाहालले बताए।

नेपालभ्युज

नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट थप १० लाख डोज कोरोनाभाइरस विरूद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार बुधबार बिहान साढे ८ बजे एसियाली विकाश बैंकको सहयोगमार्फत किनेको १० लाख २० हजार डोज खोप नेपाल आइगपुगेको हो।

सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा त्यसमध्येकै पहिलो लट खोप आज आएको खोप शाखाका प्रमुख डा. सागर दाहालले बताए।

डा.सागर दाहालका अनुसार दशैं तिहार र त्योभन्दा पहिला भेरोसेल खोप लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको हो। यदि बच्यो भने नयाँलाई पनि लगाइने उनले बताए।

नेपाल सरकारले हालसम्म १ करोड २० लाख डोज खोप खरिदमार्फत ल्याइसकेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved