हालाण्ड एक वर्ष मैदानबाहिर रहने

च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेलमा घाइते भएका हालाण्ड केही सातामा मैदान फर्कने बताइएको थियो। तर, उनी यस सिजन मैदान नफर्कने भएका हुन्।

नेपालभ्युज

हालाण्ड एक वर्ष मैदानबाहिर रहने

काठमाडौं। जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार इर्लिङ हालाण्ड एक वर्ष मैदान बाहिर रहने भएका छन्। उनले यस सिजनको बुण्डेसलिगासहित सबै खेल गुमाउने भएका हुन्।

बुण्डेसलिगामा तहल्का मच्चाएका नर्वेजियन स्टार हालाण्ड चोटका कारण मैदान बाहिर रहने भएका हुन्। हिपको चोटका कारण उनी एक वर्ष मैदान बाहिरै रहने लगभग निश्चित भएको हो।

च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेलमा घाइते भएका हालाण्ड केही सातामा मैदान फर्कने बताइएको थियो। तर, उनी यस सिजन मैदान नफर्कने भएका हुन्।

उत्कृष्ट लयमा रहेका हालाण्ड मैदान बाहिर रहने भएपछि डर्टमण्डलाई सबैभन्दा ठूलो धक्का लागेको छ। हालाण्ड मैदानमा नरहने भएसँगै उसको लिग जित्ने लक्ष्यमा पनि अवरोध हुनसक्ने देखिएको छ।

निकै फर्ममा रहेका हालाण्डले यस सिजन डर्टमण्डका लागि उत्कृष्ट प्रदर्शन जारी राखेका थिए। उनले यस सिजन १० खेल खेल्दा १३ गोल गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved