प्रधानन्यायाधीशसम्बन्धी विवाद एक–दुई दिनभित्रै निष्कर्षमा पुग्छ: प्रचण्ड

नेपालभ्युज

प्रधानन्यायाधीशसम्बन्धी विवाद एक–दुई दिनभित्रै निष्कर्षमा पुग्छ: प्रचण्ड
फाइल तस्वीर

चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवाद एक–दुई दिनभित्रै टुङ्गिने बताएका छन्। भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारसँग कुराकानी गर्दै दाहालले यस्तो दाबी गरे।

प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गर्दै प्रचण्डले ‘‘हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौँ। अब पाँचै दल बसेर एक–दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौँ।’’

महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्ने पत्रकारको जिज्ञासामा उनले महाअभियोगको चर्चा नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved