पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

नेपालभ्युज

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

काठमाडौँ। कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन्। ६२२ जना निको भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन्। यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved