कानूनका विद्यार्थीको प्रश्न – न्यायाधीशलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?

नेपालभ्युज

कानूनका विद्यार्थीको प्रश्न – न्यायाधीशलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा न्यायाधिशहरुले इजलास नचलाएपछि सेवाग्राही मर्कामा परेको भन्दै कानून विषय अध्ययनरत विद्यार्थीहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन्। न्यायालयको समस्याका कारण सेवाग्राही समस्यामा परेको भन्दै उनीहरूले ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका हुन।

प्रधानन्यायाधीश राणाले राजीनामा दिएर निकास दिनुपर्ने भन्दै सोमबारदेखि न्यायाधिशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्ने गरी न्यायालय विवादित भएमा मुलुकको अवस्था के होला भन्ने प्रश्न विद्यार्थीहरूले गरेका थिए । प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved