भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले भनिन्, “भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन्।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिँदै जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो।

नेपालभ्युज

भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन्।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन्।

मन्त्री श्रेष्ठले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ। अहिले योजना बनाउने काम भइरहेको छ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो।

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सुकुम्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने जानकारी दिइन्। उनले भनिन्, “जनताले संविधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ।”

लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै मन्त्री श्रेष्ठले भूमिहीन जनताको छिटो व्यवस्थापन हुने बताइन्।

मन्त्री श्रेष्ठले भनिन्, “भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन्।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिँदै जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved