देशभरका स्थानीय तहमा आज एमालेको अधिवेशन

बाढी पहिरो प्रभावित र प्राविधिक तथा भौगोलिक असहजताका कारण केही स्थानीय तहबाहेक सबै ठाउँमा आज पालिकास्तरीय अधिवेशन हुनेछ।

नेपालभ्युज

देशभरका स्थानीय तहमा आज एमालेको अधिवेशन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरका स्थानीय तहमा अधिवेशन गर्दैछ।

दशौँ महाधिवेशनको क्रममा रहेको एमालेले आज देशभर पालिकास्तरीय अभिवेशन गर्न लागेको हो।

गत ६ कात्तिकमा देशभर वडा अधिवेशन गरेको एमालेले आज अर्थात ९ कात्तिकमा स्थानीय तहको अधिवेशनको घोषणा गरेको थियो।

बाढी पहिरो प्रभावित र प्राविधिक तथा भौगोलिक असहजताका कारण केही स्थानीय तहबाहेक सबै ठाउँमा आज पालिकास्तरीय अधिवेशन हुनेछ। यही कारण केही जिल्लामा वडाहरुमा अधिवेशन रोकिएको थियो।

एमालेले आगामी १० देखि १२ मंसिरमा केन्द्रीय महाधिवेशन गर्दैछ। चितवनमा हुने महाधिवेशनको उद्घाटनमा ५ लान जनता उतार्ने उसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved