दलित अधिकार सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न सर्कुलर

नेपालभ्युज

दलित अधिकार सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न सर्कुलर

काठमाडौँ। गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँचको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको छ । दलित समुदायले स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न गृहमन्त्री बालकृष्ण खाणले सर्कुलर जारी गरेका हुन् ।

जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव नहुने अवस्था सृजना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्न सर्कुलरमा भनिएको छ ।

‘मानवता विरोधी भेदभावजन्य कार्य जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्न गराउन नदिने साथै नेपालको संविधानको धारा २४ बाट निर्दिष्ट छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकको प्रभावकारी कार्यान्वयनको लागि थप क्रियाशीलताका लागि आदेशअनुसार अनुरोध छ,’ शाखाका अधिकृत सन्तोष प्रधानद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved