सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा

भर्खरै सम्पन्न सर्वोच्च बारको बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको’ ठहर गर्दै राजीनामा माग गरेको हो।

नेपालभ्युज

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौँ। सर्वोच्चको बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ। भर्खरै सम्पन्न सर्वोच्च बारको बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको’ ठहर गर्दै राजीनामा माग गरेको हो।

‘न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्ग प्रशस्त गर्न सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च बारले सोमबार सर्वोच्चको कुनै पनि इजलास नबस्दा नागरिकको न्यायिक हक प्रचलनमा गम्भीर अवरोध सृजना भएको समेत ठहर गरेको छ।

‘सर्वोच्च अदालतको नेतृत्वबाट सिर्जित विश्वासको संकटका कारण आज २०७८ साल कात्तिक ८ गते सर्वोच्च अदालतको न्याय सम्पादको काम कारवाही पूर्ण रूपमा ठप्प भई नागरिकको न्यायिक हक प्रचलनमा गम्भीर अवरोध शृजना भएको यस बारको ठहर छ’- विज्ञप्तिमा उल्लेख छ।

प्रधानन्यायाधीश राणलाई लागि राजीनामा गर्न सुझाउन मंगलबार  भेट्ने निधो गरेको सर्वोच्च बारकी सदस्य अधिवक्ता अमिता गौतम पौडेलले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved