शेयर बजारमा उछाल, चार अर्बमाथिको कारोबार

सोमबार कारोबारमा आएका १३ वटै समूहका सूचक सकारात्मक बनेका छन्। आज जलविद्युत् र फाइनान्स समूहका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्।

नेपालभ्युज

शेयर बजारमा उछाल, चार अर्बमाथिको कारोबार

काठमाडौं। कारोबार रकममा सुधारसँगै आज सोमबार शेयर बजार ह्वात्तै बढेको छ। आजको कारोबार सकिँदा नेप्से परिसूचक ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६७२ दशमलव २५ बिन्दुमा पुगेको छ।

आज शेयर बजारमा कुल चार अर्ब ३० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कुल २२९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका १३ वटै समूहका सूचक सकारात्मक बनेका छन्। आज जलविद्युत् र फाइनान्स समूहका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्।

यस्तै, क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव ६१ अंकले उकालो लागेको छ। आजको कारोबार सकिँदा सेन्सेटिभ इन्डेक्स ५०४ दशमलव ५७ बिन्दुमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved