संस्थापन इतरबाट सभापतिमा म एकमात्र उम्मेदवार हुनेछु : रामचन्द्र पौडेल

“प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, पौडेलले भने, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकांक्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ।”

नेपालभ्युज

बाँके। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा पौडेलले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए।

“प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, पौडेलले भने, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकांक्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ।”

पौडेलले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी संकटमा पर्नसक्ने बताए। संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने पनि पौडेलको भनाइ छ।

“पार्टीको अधिवशेन हुनुपर्छ, नत्र पार्टी वैधानिक संकटमा पर्नसक्छ”, पौडेलले भने, “वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ।”

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै पौडेलले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तिलाई दोहो¥याउन नहुने सुझाव दिए।

आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ कि गठबन्धन बनाउँछ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, “हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ। देशको परिस्थिति कस्तो आउँछ, त्यतिखेर नै निर्णय होला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved