फिदिम दुर्घटना अपडेट : एक महिला र एक बालकको निधन

४० सिट क्षमताको बसमा ६४ जना यात्रु सवार रहेकोमा ओभरलोडकै कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यप्रसाद ढकालले बताए।

नेपालभ्युज

फिदिम दुर्घटना अपडेट : एक महिला र एक बालकको निधन
सांकेतिक तस्वीर

काठमाडौं। पाँचथरको फिदिममा बस दुर्घटना हुँदा २ जनाको निधन भएको छ। दुर्घटनामा घाइते भएका ६२ जना मध्ये २ जनाको निधन भएको हो। घाइतेमध्ये १५ जना बालबालिका छन्।

दुर्घटनापछि समर्पित अस्पतालमा उपचाररत एक महिला र एक बालकको निधन भएको हो। उनीहरुको शनाखत भने भइसकेको छैन।

फिदिम सदरमुकाम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सदरमुकामबाट ६ किलोमिटर टाढा सरखण्डेमा दुर्घटना भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यप्रसाद ढकालले जानकारी दिए।

नेपालभ्यूजसँग टेलिफोन संवादमा उनले भने, ‘‘बस कहाँबाट आएको हो, कहाँ जान लागेको हो, यात्रु को थिए भन्ने केही खुलेको छैन।”

४० सिट क्षमताको बसमा ६४ जना यात्रु सवार रहेकोमा ओभरलोडकै कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

दुर्घटनापछि चालक फरार रहेको बताउँदै उनले ६२ जनाको स्थानीय फिदिम अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved