सुडानमा सैन्य कू : प्रधानमन्त्रीसहित नेताहरू सेनाको नियन्त्रणमा

नेपालभ्युज

सुडानमा सैन्य कू : प्रधानमन्त्रीसहित नेताहरू सेनाको नियन्त्रणमा

एजेन्सी। सुडानको सेनाले सत्ता कू गरेर प्रधानमन्त्रीसहितका नागरिक नेतालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री अब्दुल्ला हाम्डोकसहित अन्य नेताहरूलाई सेनाले नजरबन्दमा गरेको रिपोर्ट सार्वजनिक भएको छ। यद्यपि, सेनाले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा दिएको छैन।

प्रजातन्त्र समर्थक दलहरूले सेनाविरुद्ध आन्दोलनका लागि आह्वान गरेका छन्।

सुडानको मुख्य प्रजातन्त्र समर्थक राजनीतिक दल सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले जनतालाई सडकमा उत्रन आह्वान गरेको छ।

एसपीएले विज्ञप्ति जारी गर्दै भनेको छ, ”प्रतिकारसहित सबै सडक बन्द गर्न, हडताल गर्न, सेनाको शक्तिको प्रदर्शनमार्फत सामना गर्न आग्रह गर्दछौं।”

सेना र नागरिकबीच विगत एक सातादेखि द्वन्द्व जारी छ। रोयटर्सका अनुसार सुडानको सेनाले अधिकांश प्रतिनिधि र प्रजातन्त्र समर्थक नेताहरूलाई पक्राउ गरेको छ। सेनाले इन्टरनेट र फोनको सेवा अवरुद्ध पारेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved