फिदिममा बस दुर्घटना : ६२ घाइते, चालक फरार

नेपाल भ्यूज

फिदिममा बस दुर्घटना : ६२ घाइते, चालक फरार

काठमाडौं। पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६२ जना घाइते भएका छन्।

फिदिम सदरमुकाम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सदरमुकाबाट ६ किलोमिटर टाढा सरखण्डेमा  दुर्घटना भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्य प्रसाद ढकालले जानकारी दिए।

नेपालभ्यूजसँग टेलिफोन संवादमा उनले भने, ‘‘बस कहाँबाट आएको हो, कहाँ जान लागेको हो, यात्रु को थिए भन्ने केही खुलेको छैन।”

४० सिट क्षमताको बसमा ६४ जना यात्रु सवार रहेकोमा ओभरलोडकै कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। दुर्घटनापछि चालक फरार रहेको बताउँदै उनले ६२ जनाको स्थानीय फिदिम अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

‘‘प्रहरी दुर्घटना भएको ठाउँमा गएको छ, विस्तृत विवरण आइसकेको छैन,” उनले भने, ‘‘घाइतेमध्ये चार/पाँच जनाको अवस्था गम्भीर छ।”

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved