चीनको नयाँ सीमा कानून जनवरीबाट लागू हुने

नेपालभ्युज

चीनको नयाँ सीमा कानून जनवरीबाट लागू हुने

एजेन्सी। चीनले आफ्नो सीमा सुरक्षाका लागि एक नयाँ प्रकारको कानून पारित गरेको छ। छिमेकी देश भारतसँगको सीमा विवाद बल्झिरँहदा नयाँ कानून तर्जुमा गरिएको हो।

नयाँ कानून सीमा क्षेत्रमा हिंसात्मक गतिविधि भएको अवस्थामा चीनले आफ्नो सीमा बन्द गर्नसक्ने गरी ल्याएको अनुमान गरिएको छ।

चीनको नयाँ सीमा कानूनलाई तालिबानले अफगानिस्तान नियन्त्रण गरेपछि विकसित भएको नयाँ परिस्थितिसँग पनि विश्लेषण गरिएको  भने दक्षिणपूर्वी एसियामा कोरोना महामारीबाट आफूलाई जोखिमरहित राख्ने कोशिसका रुपमा पनि हेरिएको छ।

समाचारमा जनाइए अनुसार चीनले पारित गरेको नयाँ कानून आगामी १ जनवरीबाट लागू हुनेछ। कानून लागू भईनसकेको अवस्थामा सीमा सुरक्षाालाई कानूनले कसरी प्रभाव पार्छ भन्ने यकिन भई नसकेको बताइएको छ।

तालिबानले सत्ताकब्जा गरेसँगै अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा चीन अत्यन्तै चनाखो रहेको बताइन्छ। तालिबानको सत्ताकब्जासँगै अफगानिस्तानका शरणार्थीका साथै सिङजियान प्रान्तका उइगुर मुश्लिमको गतिविधि बढ्न सक्नेमा चीन सचेत भएको छ।

यता भारतसँग सीमा जोडिएको स्थानमा अप्रिल २०२० बाट नै दुई देशबीच तनाबको स्थिति छ। यस्तै भियतमान र म्यानमारबाट अवैध रुपमा चिनियाँ सीमाभित्र छिर्ने मानिसको संख्याका कारण कोरोना संक्रमणको बढ्दो मामिलालाई रोक्नु चीनका लागि चुनौतीको विषय बनेको छ।

पछिल्लो ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा प्रवन्धलाई मध्यनजर राख्दै नयाँ प्रकारको कानून पारित गरेको यो पहिलो पटक हो। १४ छिमेकी देशसँग चीनको २२ हजार किलोमिटर सीमा जोडिएको छ।

देशको ‘सार्वभौमिकता र सीमा सुरक्षालाई प्रभावकारी रुपमा रक्षाका लागि’ पारित नयाँ कानूनमा उल्लेख गरिएको छ।

चीन र सैन्य प्रहरी–जनगणतान्त्रिक चीनको सेनालाई सीमा सुरक्षाको जिम्मा दिइएको छ। उनीहरुलाई देशभित्र हुने आक्रमण, अतिक्रमण, घुसपैठ रोक्ने दायित्व दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved