टी२० विश्वकप: बंगलादेशमाथि श्रीलंकाको सानदार जित

नेपालभ्युज

टी२० विश्वकप: बंगलादेशमाथि श्रीलंकाको सानदार जित

श्रीलंकाले विश्वकप क्रिकेट अन्तर्गतको सुपर–१२ अन्तर्गतको पहिलो खेलमा बंगलादेशमाथि ५ विकेटको सहज जित निकालेको छ। ४९ बल खेलेका चरिता असलाङ्काले पाँच चौका र ५ छक्काको सहयोगमा श्रीलंकाले सहज जित हासिल गर्‍यो। ८० रनको अर्धशतकीय पारी खेल्दा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

श्रीलंकाका लागि भानुका राजापास्काले ५३ रनको अर्धशतकीय पारी खेल्दा पाथुम निशान्काले २४ रनको योगदान गरे। बलिङतर्फ बंगालादेशका लागि नासुमा अहमेद र साकिब अल हसनले समान दुई–दुई विकेट लिए।

यसअघि बंगलादेशले टस हारेर पहिले ब्याटिङ गरेको थियो। मोहम्मद नाईम र मुस्तपिकुर रहिमको अर्धशतकीय पारी खेल्दा बंगलादेशले श्रीलंकालाई १७२ रनको लक्ष्य दिएको थियो। ५२ बल खेलेका नाईमले ६ चौकाको सहयोगमा ६२ रनको अर्धशतकीय पारी खेल्दा बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनायो।

बंगलादेशका रहिमले ३७ बल खेल्दै ५ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए। त्यस्तै लिटोन दासले १६ रन बनाउँदा साकिब अल हशनले १० रनको योगदान गरे। जितसँगै श्रीलंकाले एक खेलबाट २ अङ्क जोडेको छ। यता बंगालादेशले सुपर–१२ मा खराब सुरुवात गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved