टी२० विश्वकप: भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

नेपालभ्युज

टी२० विश्वकप: भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

काठमाडौँ। टी २० विश्वकपमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। भारतविरुद्ध मैदान उत्रिएको पाकिस्तानले टस जितेको हो। कप्तान बाबर अजामले टस जितेर फिल्डिङ रोजेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले सुरुवाती ब्याटिङ गर्नेछ।

भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ। जसको असर खेल क्षेत्रमा समेत देखिँदै आएको छ। भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ।

सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved